मर्यादाक्रमप्रति अख्तियार पनि असन्तुष्ट

काठमाडौँ — सरकारले मर्यादाक्रम हेरफेरप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि असन्तुष्टि जनाएको छ ।

मर्यादाक्रमप्रति अख्तियार पनि असन्तुष्ट

अख्तियारको सोमबारको बैठकले संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम विगतमा भन्दा तल राखिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न माग गरेको छ ।


मानव अधिकार, लोकसेवा र निर्वाचन आयोगले यसअघि नै मर्यादाक्रमप्रति असन्तुष्टि जनाइसकेका छन् ।


अख्तियारले सोमबार विज्ञप्ति जारी गर्दै संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने कतिपय बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीको भन्दा माथि रहेकाले कार्यसम्पादन र बैठक सञ्चालन प्रभावित हुने चिन्ता व्यक्त गरेको छ ।


संवैधानिक निकायका सदस्य र आयुक्तहरूको मर्यादाक्रम मुख्यसचिव र प्रधान सेनापतिभन्दा दुई तह तल राखिएपछि उनीहरू असन्तुष्ट भएका हुन् ।

प्रकाशित : माघ ७, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?