२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रहरीद्वारा नयाँ बसपार्कमा गोली प्रहार, एक घाइते

काठमाडौँ — प्रहरीले गोली प्रहार गरेर नयाँ बसपार्कबाट काभ्रेका ३० वर्षीय अभिलास तामाङलाई पक्राउ गरेको छ । होटल लकको १०४ नम्बर कोठामा पेस्तोलसहित बसिरहेको सूचना पाएर उनलाई पक्राउ गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो । 

प्रहरीद्वारा नयाँ बसपार्कमा गोली प्रहार, एक घाइते

प्रहरीले ढकढक गरेपछि तामाङले ढोका खोलेर प्रहरीमाथि नै पेस्तोल ताकेका थिए । त्यसपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार तामाङको देब्रे खुट्टामा गोली लागेको छ । घाइते तामाङलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ ।

प्रहरीले उनको साथबाट चाइनिज पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ । डीएसपी बोगटीका अनुसार अभिलासको लुटपाट र अपराधिक क्रियाकलापको पृष्टभूमि देखिन्छ । उनले भने, ‘अभिलासमाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : माघ ८, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?