२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हराएको रकम फिर्ता

दमक — हराएको ५ लाख रुपैयाँ सम्बन्धित धनीलाई प्रहरीले फिर्ता गराएको छ । अटो रिक्सामा मङ्गलवार दिउँसो छोडिएको नगद ५ लाखसहितको ब्याग इलाका प्रहरी कार्यालय बिर्तामोडले इलामको रोङ गाउँपालिका २ का व्यापारी प्रदीप सुन्दासलाई बुझाएको हो ।

उनी झापाको शनिश्चरे बजारबाट अटो रिक्सा चढेर बिर्तामोड आएका थिए । ओर्लिदा २ ब्याग बोकेका सुन्दासले पैसा भएको ब्याग अटोमै छाडेका थिए । पैसाको ब्याग अटोमै छोडिएको एक छिन पछि थाहा पाएका सुन्दास तत्काल प्रहरी कार्यालय पुगेका थिए ।


उनको जानकारी अनुसार प्रहरीले नगरमा जडित सिसी क्यामेराको सहायतामा अटो रिक्सा पहिचान गरेको थियो ।

नगदसहितको ब्याग अटो रिक्साका चालक अर्जुनधारा नगरपालिका ३ का ३७ वर्षीय कमल ढुंगेलले सुरक्षित राखिदिएका थिए ।

पहिचान लगत्तै अटो खोज्दै आएको प्रहरी टोलीलाई अटो चालक ढुंगेलले नगदसहितको ब्याग फिर्ता दिएका थिए ।

प्रकाशित : माघ ८, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?