कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली

डाभोस (स्विट्जरल्याण्ड) — प्रधानमन्त्री केपी ओली मंगलबार बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।

विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली

परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट सुरु भएको बैठकमा उपस्थित विश्वका विभिन्न मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको स्विट्जरल्याण्डका राष्ट्रपतिले स्वागत गरेका थिए । स्वागतका क्रममा उनले सार्वजनिक–निजी साझेदारी र सहयोग प्रवर्द्धन गर्ने उक्त अन्तर्राष्ट्रिय मञ्चलाई वर्तमान विश्वले बेहोर्नुपरेका प्राकृतिक र मानवसिर्जित विपत्तिका माझ समावेशी सामाजिक–आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन चुनौतीपूर्ण रहेको बताए ।


प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी मञ्चको पूर्णसत्र बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा छन् । उनले ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनका धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी छन् । आगामी शुक्रबार समापन हुने उक्त बैठकको मूल विषय ‘भूमण्डलीकरण : ४.० चौथो औद्योगिक क्रान्तिको युगमा विश्वव्यापी संरचनाका रुपरेखा निर्माण’ रहेको छ ।

प्रकाशित : माघ ८, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?