कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा हिमपात, आलु किसान खुशी

खरीढुंगा, दोलखा — दोलखाको उच्च स्थानमा बुधबार बिहानदेखि हिमपात भएको छ । यो वर्षको सबैभन्दा ठूलो हिमपात भएको खरिढुंगाका ६६ वर्षीय मेजरमान तामाङले बताए ।

दोलखामा हिमपात, आलु किसान खुशी
दोलखामा हिमपात, आलु किसान खुशी

आज बिहानदेखि लामोसँघु जिरी सडकको खरढुंगामा हिमपात भइरहेको छ । यात्रुहरु बिहानदेखि नै मोटरबाट आर्लिएर हिऊ खेलरहेका छन् । मेजरमानले खरिढुंगामा २० वर्षदेखि बाक्लो हिऊ नपरेको बताए । उनका अनुसार त्यो बेला एकतालको घर हिऊले छोपिन्थ्यो । ‘आज राम्रो हिऊ पर्ने संकेत छ,‘ बुधबार बिहान डोको बोकर हिँडेका उनले भने ।

दोलखामा हिमपात, आलु किसान खुशी

दोलखाको कालञ्चोकको पनि यो वर्षको सबैभन्दा बढी करिब दुई फिट माथि हिमपात भएको होटल सुनपातीका हरि वलीले बताए । त्यहँ पर्यटकको घुईँचो लागेको छ । बाटोमा केही मोटरहरु फसेका छन् । शैलुङ र खावाडाँडा तथा रोल्वालिङ हिमश्रृङ्खलाबाट धेरै तलको उचाईमा बाक्लो हिमपात भएको छ ।

दोलखामा हिमपात, आलु किसान खुशी

हिमपातले दोलखाको उच्च भेगको जनजीवन भने कठीन भएको छ । हिमपातपछि आलु उत्पादन बढ्ने खरिढुंगाका कृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : माघ ९, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?