कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राज्यले गरेको सम्झौता इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्छ: उपप्रधानमन्त्री यादव

अतुल मिश्र

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राज्यले गरेको सम्झौतालाई  इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।उपप्रधानमन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा प्रा.डा. गोविन्द केसीको १६ औं सत्याग्रहबारे गरिएको एक प्रश्नको उत्तर दिँदै उक्त कुरा बताएका हुन्।

राज्यले गरेको सम्झौता इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्छ: उपप्रधानमन्त्री यादव

'म आफैं आन्दोलन गरेर आएको मान्छे,' उपप्रधानमन्त्रीले अगाडि भने, 'राज्यले गरेको सम्झौतालाई इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्छ।' यादवले मुलुकको चिकित्सा शिक्षा गुणस्तरीय हुनु पर्ने समेत बताए।


उक्त कार्यक्रममै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले डा केसीको एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी स्वास्थ्य संस्थालाई सम्बन्धन दिन नमिल्ने मागमा मात्र कुरा अड्केको बताए। उनले यो विन्दू बाहेक अन्य मागमा सरकार सकारात्मक रहेको औंल्याए।

प्रकाशित : माघ ९, २०७५ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?