२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

लिलामीमा राखिएको पजेरो गायब

कमल पन्थी

बर्दिया — भन्सार कार्यालयले ७ वर्षअघि नै लिलामीमा राखेको पजेरो गाडी ‘गायब’ भएको छ । ७ वर्षअघि कार्यालयले कागजात र विवरण नभएपछि बरामद गरी लिलामीमा राखेको थियो । तर, अहिलेसम्म न त्यसको लिलामीबाट राजस्व संकलन भयो, न कहाँ छ भन्ने जानकारी नै छ । 

लिलामीमा राखिएको पजेरो गायब

कागजात नभएको फेला परेपछि स्थानीय प्रहरीले २०६८ असोज १० गते गाडी नियन्त्रणमा लिएको थियो । लिलामीमा राखेपछि भन्सार विभागले नै गाडी काठमाडौं मगाएको थियो । कारबाहीका लागि पठाइएको गाडीका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको विभागका डीजी तोया रायमाझीले बताए । ‘कसैले प्रयोग गर्दै अएको होला,’ उनले भने, ‘सिंगो गाडी नै हराउने कुरा हुँदैन ।’


प्रहरीले गुलरिया नगरपालिकाको कोठियागाउँ नजिकबाट नम्बर नखुलेको पजेरो गाडी नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार त्यो पजेरो त्यतिबेला वाईसीएलका एक केन्द्रीय नेताले प्रयोग गर्ने गरेका थिए । प्रहरीले नियन्त्रणमा लिनासाथ वाईसीएलका नेताले प्रहरी र भन्सार कार्यालयमै गाडी छोडन दबाब दिएका थिए । भन्सार कार्यालयका अनुसार पजेरोमा इन्जिन नम्बर एचके ७७०४, चेसिज नम्बर एम७०३भी४६डब्लू८एल०० ४२०१ उल्लेख छ ।


भन्सार विभागले ०६८ चैत १५ मा चलानी नम्बर १४२२ को पत्रसहित गाडी लिन चालक पठाएको थियो । भन्सार कार्यालयका प्रमुख ओपेन्द्र हमालले नियन्त्रणमा लिएको पजेरो विभागले काठमाडौं मगाएको भए पनि त्यसपछिका कुनै पनि प्रक्रिया र अवस्थाका बारेमा आफूलाई जानकारी नभएको बताए ।


नियन्त्रणमा लिएर लिलामीमा राखिएको पजेरोको सुराकीलाई दिनुपर्ने कमिसन पनि नदिएको र फस्र्यौटका लागि विभागले कुनै प्रक्रिया अघि नबढाएको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?