१५ औं अनशनको सम्झौता सांसदलाई बुझाउन जाँदा विवेकशीलका कार्यकर्ता पक्राउ

काठमाडौँ — प्रहरीले विवेकशील नेपाली पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ । डा गोविन्द केसीको १५ औं अनशनका क्रममा सरकारले गरेको सम्झौताको कपी लिएर संसद भवन जाँदै गरेका विवेकशीलका कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो । 

१५ औं अनशनको सम्झौता सांसदलाई बुझाउन जाँदा विवेकशीलका कार्यकर्ता पक्राउ

सरकराले गरेका सम्झौता सांसदलाई बुझाउन जाँदा संसदभवनको पानी ट्याङ्कीअघि १८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरको पार्टीका नेता मिलन पाण्डेले बताए।


उनका अनुसार पक्राउ गरिएको विवेकशील कार्यकर्तालाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।


संसद भवन बाहिर सुरक्ष व्यवस्था कडा पारिएको छ । १ नम्बर गेट अगाडि स्वतन्त्र नागरिक समाजले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।










प्रकाशित : माघ ११, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?