युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरी नियन्त्रणमा
काठमाडौँ — युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।
'बस अपराध शाखामा छ' स्रोतले भन्यो, 'निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ ।' उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियो सार्वजनिक भएको छ ।
प्रकाशित : माघ ११, २०७५ २०:३४यो पनि पढौं : सार्वजनिक सवारीमा वीर्यपातको घटनाबारे प्रहरीको चासो
प्रतिक्रिया