कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा पुरिए

पहिरो पन्छाउन औजारसहित थप प्रहरी पठाइँदै
हरिहरसिंह राठौर

धादिङ — हिमपहिरोले ओडार भत्कँदा दुई गोठालासहित झन्डै दुई सय भेँडाबाख्रा पुरिएका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली ४ हिन्दुङमा आइतबार बिहान ओडार भत्किएको हो ।

ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा पुरिए

बिहीबारदेखि परेको भारी हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङले नजिकैको ओडारमा शरण लिएका थिए । उनीहरु सुतेकै अवस्थामा ओडारसमेत भत्काएको खबरले पैदन ५ घण्टा दूरीको सेर्तुङबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

हेलिकप्टरसहित अवलोकन गर्न पुगेका सहायक प्रजिअ धोलकराज ढकालले भने, 'निकै ठूल्ठूला ढुङ्गा आएर ओडार नै पुरेको देखियो । केही थिचिएका बाख्रा बाहिरसम्म देखिन्छन् । उनले ढुङ्गा पन्छाउने अवस्था नरहेकोले थप मद्दतका लागि सदरमुकाम फर्केको बताए ।


ठूला ढुङ्गा हटाउन सक्ने गरी विस्फोटन वा अन्य कुनै विकल्प अपनाउने परे पुन: औजारसहित सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीको नेतृत्वमा सोमबार टोली खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबारे गृह मन्त्रालयमा पत्राचार भइसकेको छ ।

प्रकाशित : माघ १३, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?