२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संसद् अवरोध जारी राख्ने कांग्रेसको अडान

मकर श्रेष्ठ

काठमाडौँ — आफूले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले संसद् अवरोध जारी राख्ने अडान यथावत राखेको छ । संसद्‍को कार्यव्यवस्था तथा परामर्श समितिको बुधबार बसेको बैठकमा कांग्रेसले अवरोध गर्ने अडान राखेको हो ।

संसद् अवरोध जारी राख्ने कांग्रेसको अडान

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले आफूहरुको माग पूरा गर्न सरकार गम्भीर नभएकोले सदनको संघर्ष कायम राख्ने विषय बैठकमा राखेको बताइन् । 'प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्दा धरपकड भएको र अन्य माग पूरा भएको छैन', भुसालले भनिन्, 'यस विषयमा सरकार र सभामुख गम्भीर देखिएनन् । भोलि १२ बजे बस्ने पार्टी संसदीय दलको बैठकले संसद्काे आन्दोलनबारे निष्कर्ष निकाल्नेछ ।' उनले पार्टी बैठकपछि सभामुख कृष्णबहादुर महरासँग छलफल गरिने पनि बताइन् ।


प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसोलाई बोलाइएको छ ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकार मातहत रहने निर्णय गरिसकेको छ । तर, भुसालले आफ्ना नेताका नाममा रहेका अस्पतालहरुलाई केन्द्रमा राख्ने निर्णय गर्नु सरकारले गल्ती सच्याएको टिप्पणी गरिन् ।


प्रमुख प्रतिपक्षी कांग्रेसले बहुमतको बलमा सरकारले चिकित्सा विधेयक पारित गरेको, आफ्नो इतिहास मेट्ने कोसिस गरेको जस्ता माग राखी पटक पटक सदन अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित : माघ १६, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?