भत्केको ओडारमा पाँच दिनपछि २ गोठालाको शव फेला, ४ भेंडा जीवितै 

हरिहरसिंह राठौर

धादिङ — बास बसेको ओडारभत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको छ । गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए । उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ । 

आइतबार भत्किएको ओडार (बायाँ) र हिमपातको बेला स्थानीय वस्तुभाउसहित बस्ने गरेको गोठको हेलिकप्टरबाट लिइएको दृश्य (दायाँ)। तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

तामाङद्वय सकुशल रहेको अनुमानसहित सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रका १६ जना र जनपद प्रहरीका ६ जना मंगलबार साँझबाट उद्धारमा खटिएका थिए । उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले कान्तिपुरलाई बताए ।

शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ ।

ओडार भत्कँदा झन्डै एक सय ५० भेँडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ भेंडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउन कार्य चलिरहेको बताए ।



प्रकाशित : माघ १७, २०७५ २०:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेसबुक प्रयोगकर्ता बढेको बढ्यै

भारत, इन्डोनेशिया र फिलिपिन्समा उल्लेख्य वृद्धि ।
एजेन्सी

क्यालिफोर्निया — समाजिक सञ्जाल फेसबुकमार्फत जाशुशी तथा व्यक्तिगत सूचना चोरी हुने गरेको समाचार सार्वजनिक भएपनि यसका प्रयोगकर्ताको संख्या भने निरन्तर रुपमा वृद्धि भइरहेको छ । 

फेसबुककी प्रमुख अपरेटिङ अफिसर सेरिल स्यान्डबर्ग । तस्बिरः रोयटर्स ।

फेसबुकका अनुसार कम्तीमा महिनाको एकपटक फेसबुक चलाउने प्रयोगकर्ताको संख्या ९ प्रतिशतले वढेको छ। कम्पनीका अनुसार हाल फेसबुक प्रयोगकर्ता २ अर्ब ३२ करोड पुगका छन्। विभिन्न देशका सरकारी निकाय तथा अभियन्ताहरुले फेसबुक मार्फत सुरक्षा चुनौति तथा तथ्यांक चोरीको कारण देखाउँदै यसको प्रयोग नगर्न सुझाव दिंदै आएका छन्।

तर त्यसका वाबजुद फेसबुक प्रयोगकर्ताको संख्यामा भने निरन्तर वृद्धि भइरहेको हो। फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘फेसबुकले सामाजिक मुद्दालाई केन्द्रित गरि आधारभूत परिवर्तन गरेको’ दाबी गरेका छन्।

बेलायतस्थित परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकमार्फत व्यक्तिगत तथ्यांकको चोरी गरेको तथा गोपनियता उल्लंघन गरेको दाबी सहित समाचार सार्वजनिक भएको थियो।

खासगरी अमेरिकाको राजनीतिक विज्ञापनमा केन्द्रित क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्तालाई कुनै सूचना बिना नदिई गोप्या जानकारी हात पारेको थियो।

उक्त मुद्दामा बेलायतको तथ्यांक संरक्षण निकायले फेसबुकलाई ५ लाख पाउण्ड जरिवाना समेत गरेको थियो। बेलायतको सूचना आयोगको कार्यालयका अनुसार फेसबुकले ‘कानुनको गम्भिर उल्लंघन गरेको’ भन्दै उक्त सजाय गरेको थियो। फेसबुकले सुचना चुहिएको स्वीकार गरेपछि यसका प्रयोगकर्तामा ह्रास आउनसक्ने आंकलन गरिएको थियो।

त्यसयता कम्पनीको शेयर मुल्यमा भने भारी गिरावट आएको थियो। तर विश्लेषकहरुको आंकलनविपरीत प्रयोगकर्ता भने थपिएका छन्। फेसबुकले सन् २०१८ मा २२.१ अर्ब डलर नाफा गरेको थियो। जुन एक वर्ष अघिको भन्दा ३७ प्रतिशतले बढी हो।

बीबीसीका अनुसार भारत, इन्डोनेशिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तर क्यानडा र अमेरिकामा भने प्रयोगकर्ताको संख्या यथावत रहेको जनाइएको छ।

प्रकाशित : माघ १७, २०७५ २०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT