कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभाको तेस्रो बैठक जारी

काठमाडौँ — 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक-२०७५  प्रतिनिधिसभामा पेस गरिएको छ । 

प्रतिनिधिसभाको तेस्रो बैठक जारी

आइतबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि छलफल गरियोस्र भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । उक्त विधेयक आइतबार नै बसेको राष्ट्रिय सभा बैठकबाट पारित भएको हो ।


विधेयकको सैद्धान्तिक पक्षमाथि अहिले सांसदहरुले धारणा राखिरहेका छन् । विधेयकमा मुख्यगरी 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपको व्यवस्था छ ।


...........

संघीय संसद्‌अन्तर्गतको राष्ट्रिय सभाबाट पारित 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक-२०७५ प्रतिनिधिसभामा पेस भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा संसद् सचिवालयका सचिव गोपालनाथ योगीले उक्त विधेयक टेबुल गरेका हुन् ।


सचिव योगीले विधेयक पेस गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । उक्त विधेयकमाथि आइतबार नै बस्ने तेस्रो बैठकमा छलफल गर्ने कार्यसूचि रहेको सभामुख कृष्णबहादुर महराले जानकारी गराउँदै बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले विधेयक पेस गर्ने छन् । यसअघिका संसद बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गर्दै आएको थियो । सरकारले माग पूरा गरेपछि र प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बसेको अनशन तोडेपछि कांग्रेसले सदन सञ्चालन गर्न दिएको हो ।

प्रकाशित : माघ २०, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?