सरकारलाई गल्ती गर्नबाट रोक्न कांग्रेसको नियमित दबाब : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको प्रारम्भमै काङ्ग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिएका थिए ।

सांसद थापाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले विघटनको सङ्घारमा पुर्‍याएको उल्लेख गर्दै प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताए।

उनले पूर्वप्रधानमन्त्रीद्वय कोइरालाको नाम कसैले अस्पतालबाट हटाउने प्रयास गरे पनि उनीहरूले नेपालको राजनीतिमा गरेको योगदान कसैले मेट्न नसक्ने चेतावनी दिए। सांसद थापाले प्रतिपक्षी दलसँग सरकारले गरेको व्यवहारका कारण आगामी दिनमा प्रतिपक्षीको भूमिकामा यथास्थितिमा रहने नसक्ने बताए।

डा गोविन्द केसी अनशनमा भएका बेला सरकारका तर्फबाट कुनै माग सुनुवाइ नगरी अनशन टुङ्गिएकोप्रति सरकारलाई बधाई दिँदै उनले डा केसीकै चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानले चिकित्सा शिक्षा अध्ययन गर्न रु एक करोड पुग्न लागेको शुल्क आधा कम भएको धारणा व्यक्त गरे।

डा केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उनले टिप्पणी गरे। सांसद थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर हुनाका साथै हत्या हिंसा बलात्कार बढेको र अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै जनतामा निराश छाएको बताए।

व्यापारीहरू ब्याज चर्को भयो भनेर सडकमा आउँदासमेत सरकारले ठोस पहल गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक भएको अवगत गराए।

प्रकाशित : माघ २०, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभाको तेस्रो बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक-२०७५  प्रतिनिधिसभामा पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि छलफल गरियोस्र भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । उक्त विधेयक आइतबार नै बसेकोराष्ट्रिय सभा बैठकबाट पारित भएको हो ।

विधेयकको सैद्धान्तिक पक्षमाथि अहिले सांसदहरुले धारणा राखिरहेका छन् । विधेयकमा मुख्यगरी'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपको व्यवस्था छ ।

...........
संघीय संसद्‌अन्तर्गतको राष्ट्रिय सभाबाट पारित 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक-२०७५ प्रतिनिधिसभामा पेस भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा संसद् सचिवालयका सचिव गोपालनाथ योगीले उक्त विधेयक टेबुल गरेका हुन् ।

सचिव योगीले विधेयक पेस गरेपछिप्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएकोछ। उक्त विधेयकमाथि आइतबार नै बस्ने तेस्रो बैठकमा छलफल गर्ने कार्यसूचि रहेको सभामुख कृष्णबहादुर महराले जानकारी गराउँदै बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले विधेयक पेस गर्ने छन्। यसअघिका संसद बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गर्दै आएको थियो। सरकारले माग पूरा गरेपछि र प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बसेको अनशन तोडेपछि कांग्रेसले सदन सञ्चालन गर्न दिएको हो।

प्रकाशित : माघ २०, २०७५ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्