कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

साढे ३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

हरि गौतम

रुकुम पूर्व — साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गर्ने सिस्ने गाउँपालिका-५, का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो ।

सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिँडेका थिए ।


गौतम हिँडेकै ठाउँतिर बालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए । अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले बताए ।


बालिकाको अवस्था सामान्य जस्तो देखिएको भएपनि अस्पतालको रिपोर्ट नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौतम यसअघि पनि जबरजस्तीकरणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

प्रकाशित : माघ २१, २०७५ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?