२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

निषेधित क्षेत्र तोडेर अघि बढ्दा नेविसंघ अध्यक्ष पक्राउ

काठमाडौँ — नेविसंघका अध्यक्ष नैनसिंह महरलाई प्रहरीले वानेश्वरबाट पक्राऊ गरेको छ । मीनभवन क्याम्पसबाट जिल्ला प्रशासन कार्यालय बबरमहल जाने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आफूसहित अन्य कार्यकर्ता पक्राउ गरेको अध्यक्ष महरले कान्तिपुरलाई बताएका छन् । 

निषेधित क्षेत्र तोडेर अघि बढ्दा नेविसंघ अध्यक्ष पक्राउ

प्रहरीले महरसहित ११ जनालाई पक्राउ गरेको छ । 'गत शनिबार पोखरामा सरकारी गाडी जलाएको आरोपमा संघका कार्यकर्ता पक्राउ गरिएको भन्दै विरोध गर्दै अगाडि बढ्दा प्रहरीले वानेश्वरको निषेधित क्षेत्रबाट पक्राउ गर्‍यो,' महरले महेन्द्र पुलिस क्लवबाट टेलिफोनमा भने ।


प्रहरीले महरसहित ७ जनालाई महेन्द्र पुलिस क्लवमा राखेको छ भने बाँकी ४ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ । गत शनिबार पोखरामा नेविसंघ कार्यकर्ताले शनिबार पनि सरकारी गाडी चलाएको भन्दै गाडी जलाएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले गाडी जलाएको आरोपमा आइतबार नेविसंघका ३ जना कार्यकर्ता विरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो ।

प्रकाशित : माघ २२, २०७५ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?