कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मञ्चमै ढलेका गाउँपालिका अध्यक्षको निधन

(ताप्लेजुङ), इलाम — पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अकस्मात ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिए ।

मञ्चमै ढलेका गाउँपालिका अध्यक्षको निधन

इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो ।


घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले जानकारी दिए । उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको थियो । नेम्वाङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

....

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ । उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन् । प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए । वडाको आयोजनामा उपभोक्ता समितिले क्षमता विकास तालिम राखेको थियो ।

प्रकाशित : माघ २६, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?