चालीस प्रहरी अधिकारीको बढुवा सिफारिस

रासस

काठमाडौँ — नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । 

नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम ९४० अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए।

एसएसपी बढुवा सिफारिस हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकालछन्।

यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगरछन्।

उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्रीस्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

प्रकाशित : माघ २७, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

व्याट्री पड्किँदा दुवै आँखा बन्द

रासस

हुम्ला — हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । 

जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए ।

सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँदा पड्केर दुवै आँखा बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए।

अहिले पीडित शाहीलाई स्थानीय सर्केगाड स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा सम्भव नभएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित : माघ २७, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्