२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

१ लाख ५१ हजार नक्कली नोटसहित पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले राजधानीको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । कुँवरबाट एक हजार उल्लेख गरिएका १ सय ५१ थान नोट बरामद भएका हुन् । 

१ लाख ५१ हजार नक्कली नोटसहित पक्राउ

प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा प्रभागको टोलीले गोंगबुको गणेशथानस्थित ह्याप्पी होम टोलस्थित ओमबहादुरको कोठामा रहेको दराजबाट हजार दरका १ सय ४१ वटा नक्कली नोट भेटिएका थिए । नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि थप १० थान नक्कली नोट भेटिएको थियो ।


हिक्मत भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओमबहादुर र हिक्मतको कोठाबाट ५० थान पासपोर्टसमेत बरामद भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।


प्रारम्भिक अनुसन्धानबाट प्रहरीले उनीहरू दुवै जना म्यानपावर एजेन्ट भएको अनुमान गरेको छ । उनीहरूले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेजस्तो देखिन्छ । यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता साढे दुई करोड रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो ।

प्रकाशित : माघ २७, २०७५ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?