भैंसेपाटीस्थित फोम गोदाममा आगलागी

सरोजकुमारी चौधरी

काठमाडौँ — ललितपुरको भैसेपाटीस्थित नख्खु डोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ ।

प्रकाशित : माघ २८, २०७५ १४:५०

ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो ।

आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु पनि आगो नियन्त्रणका लागि खटिएका थिए ।

प्रतिक्रिया
पठाउनुहोस्

मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको छु : दाहाल 

कान्तिपुर संवाददाता

सिराहा — सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको बताएका छन् ।

सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफू र समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको समेत बताए ।

उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान जनजालाकी भनेर शङ्का नगर्नसमेत आग्रह गरे । ‘मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेका छौँ, तराई मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ’ उनले भने ।

सिँचाई र खानेपानीको दीर्घकालीन ढङ्गले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको पनि उनको भनाई थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईँहरूको मागमा म सकारात्मक छु’ अध्यक्ष दाहालले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिको लागि मेरो तर्फबाट तपाईँहरूलाई सहयोग रहने छ ।'

उनले सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला भएको उल्लेख गर्दै सिराहालाई आँप क्षेत्रको रूपमा विकास गर्न पहल गर्नेसमेत बताए ।

प्रकाशित : माघ २८, २०७५ १४:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्