१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रजातन्त्र दिवस मनाउन समिति गठन

काठमाडौँ — सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ मा भव्यताका साथ मनाउ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रजातन्त्र दिवस मनाउन समिति गठन

प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र संवैधानिक निकायका प्रमुख सदस्य छन् ।


फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि र उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


सरकारले प्रजातन्त्र दिवसका उपलक्ष्यमा फागुन ६, ७ र ८ गते साँझ दीपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : माघ २८, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?