प्रजातन्त्र दिवस मनाउन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ मा भव्यताका साथ मनाउ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयमा ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै । तस्बिरःरासस

प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र संवैधानिक निकायका प्रमुख सदस्य छन्।

फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि र उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सरकारले प्रजातन्त्र दिवसका उपलक्ष्यमा फागुन ६, ७ र ८ गते साँझ दीपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित : माघ २८, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अस्ट्रेलियामा दोस्रो पुस्तालाई प्रोत्साहन

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बालबालिकाहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । 

अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ । अस्ट्रेलियाको शैक्षिक संकायमा विद्यालय स्तरको उच्चशिक्षा सम्पन्न गर्नुलाई महत्वका साथ हेर्ने गरिएको छ ।

सोही अन्तरगत उच्चशिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजक संस्थाका कपिल पाण्डेले जानकारी दिए ।यहाँ रहेका नेपाली बालबालिकाहरुलाई नेपाली कलासंस्कृति तथा परम्पराहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।

अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपालीहरुको उपस्थिती समेत बढ्दै गएको सन्दर्भमा सम्मान कार्यक्रमले उनीहरुलाई आफ्नो जन्मभूमीको बारेमा धेरै जानकारी हुने कार्यक्रमका प्रमुख अतिथी एनआरएन केन्द्रीय सदस्य गोकुल घिमिरेले बताए ।

कार्यक्रम आयोजक संस्थाका संस्थापक डा. सुनील शर्माले यस किसिमको कार्यक्रमले दोस्रो पुस्ताका नेपाली युवाहरुलाई आफ्नो देशमा केही गर्ने सोचको विकास हुने बताए । शर्माले कार्यक्रमको मुख्य उद्देश्य नेपालको बारेमा जानकारी दिनुका साथै बढ्दै गरेको दोस्रो पुस्तालाई उनीहरु मार्फत् नेपालको कलासंस्कृति र परम्पराको जानकारी दिनु रहेको जानकारी दिए ।

प्रकाशित : माघ २८, २०७५ १८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT