कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अब भ्रष्टाचार लुक्दैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी गर्दै अब कसैले पनि भ्रष्टाचार लुकाउन सम्भव नहुने बताएका छन् । ‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौँ, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन ।

अब भ्रष्टाचार लुक्दैन : प्रधानमन्त्री

त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ।


प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनि, सन्त र महात्माहरूको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’ उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले अख्तियार विकास निर्माणको बाधक नभई सहयोगी रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिस मात्र गरिने बताए ।


उनले अख्तियारले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी गर्न थालेको बताए । ‘भ्रष्टाचार सबैको शत्रु भएकाले भ्रष्टाचार नियन्त्रण सबैको साझा धारणा हुनुपर्छ’ घिमिरेले भने, ‘सरकारी कर्मचारीले आफ्नो काम राम्रोसँग सम्पादन गरेमा भ्रष्टाचार न्युनीकरण हुन्छ ।’

प्रकाशित : माघ २८, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?