भक्तपुर प्याब्सनमा अधिकारी

कान्तिपुर संवाददाता

भक्तपुर — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनले चन्द्र अधिकारीको अध्यक्षमा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको छ । 

वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिवद्वयमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्षमा विष्णुकुमारी थापा चयन भएका छन् ।

Citizen

सदस्यहरूमा रमेशचन्द्र श्रेष्ठ, निलेश आचार्य, सानुराजा कार्की, राममणि न्यौपाने, लक्ष्मी कुटु, कृष्ण कार्की, ईश्वरबहादुर श्रेष्ठ, टङ्कप्रसाद सिटौला र सूर्यबहादुर भण्डारी तथा महाधिवेशन प्रतिनिधिमा शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी, नीरञ्जन श्रेष्ठ, प्रदीप थापा, गणेशबाबु पोखरेल, विनोदकुमार कोइराला र कमलादेवी अमात्य राजभण्डारी चयन भएका छन् ।

प्रकाशित : माघ २८, २०७५ २१:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अब भ्रष्टाचार लुक्दैन : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी गर्दै अब कसैले पनि भ्रष्टाचार लुकाउन सम्भव नहुने बताएका छन् । ‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौँ, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन ।

त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनि, सन्त र महात्माहरूको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’ उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले अख्तियार विकास निर्माणको बाधक नभई सहयोगी रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिस मात्र गरिने बताए ।

उनले अख्तियारले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी गर्न थालेको बताए । ‘भ्रष्टाचार सबैको शत्रु भएकाले भ्रष्टाचार नियन्त्रण सबैको साझा धारणा हुनुपर्छ’ घिमिरेले भने, ‘सरकारी कर्मचारीले आफ्नो काम राम्रोसँग सम्पादन गरेमा भ्रष्टाचार न्युनीकरण हुन्छ ।’

प्रकाशित : माघ २८, २०७५ २०:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT