कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारी चिकित्सक पुन: आन्दोलनमा

काठमाडौँ — सरकारी चिकित्सकहरू सहमति कार्यान्वयन गर्न माग गर्दै चरणबद्घ आन्दोलनमा उत्रिएका छन् । गत पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान) बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सकहरू पुन: आन्दोलनमा उत्रेका हुन् । 

स्वास्थ्य मन्त्रालयले गोदानसँग अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगवाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति गरेको थियो ।


यही सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरू आन्दोलनमा ओर्लेका हुन् । सोमबार करिब १ सय ५० सरकारी चिकित्सकहरू वीर अस्पतालबाट र्‍यालीसहित स्वास्थ्य मन्त्रालय प्रवेश गर्न खोजे पनि प्रहरीले जान दिएन । ‘प्रहरीले स्वास्थ्य मन्त्रालय प्रवेश गर्न नदिएपछि हामी माइतीघरमै ११ देखि २ बजेसम्म धर्नामा बस्यौं,’ गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘भोलि (मंगलबार) समेत हाम्रो र्‍याली छ ।’


सरकारी चिकित्सकहरूले फागुन ३ सम्म शान्तिपूर्ण धर्नालगायत चरणबद्घ आन्दोलनलाई सरकारलाई वास्ता नगरे कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । मुलुकभर हाल करिब एक हजार ६ सय सरकारी चिकित्सक छन् ।

प्रकाशित : माघ २९, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?