२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

फोहोर प्लास्टिक किन्दै इलाम नगरपालिका

रासस

फिक्कल — इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरिद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लास्टिकजन्य फोहर खरिद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रुपैयाँका दरले प्लास्टिकजन्य फोहर खरिद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।  

फोहोर प्लास्टिक किन्दै इलाम नगरपालिका

प्लास्टिक खरिद गर्न माघ एक गतेबाट सुरु गरिएको भए पनि अहिलेसम्म प्लास्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ । फोहर प्लास्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ ।


इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्य वस्तुको प्याकेजीङमा भएको प्लास्टिक लगायतका प्याष्टिकजन्य फोहर खरिद गर्ने भएको हो ।


इलाम नगरपालिकामा दैनिक सात टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करिब १० प्रतिशत प्लाष्टिजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ । नगरपालिकाले खरिद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्रा बनाउने योजना नगरपालिकाको छ ।


सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महिनाको दुई दिन मात्रै सिसाजन्य फोहर सङ्कलन गर्ने गरेको छ ।


यो पनि पढ्नुहोस्ः

प्लास्टिकबाट “पेट्रोल”

प्रकाशित : माघ २९, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?