३३ किलो सुनकाण्ड : उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश तानिए

माधव घिमिरे, विनोद भण्डारी

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ । पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् ।

न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पुष्टि गर्दै अब अदालतमा ९ जनामात्र न्यायाधीश रहेको बताए। उनका अनुसार उच्च अदालतमा १२ न्यायाधीशको दरबन्दी छ।

यसअघि सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जनालाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको थियो।

काजमा तानिनेमा उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन्। उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो।
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अदालत परिसरबाटै अभियुक्त फरार

अर्जुन शाह

धनगढी — करणीको अभियोगमा पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।कैलालीको लम्कीका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत ल्याएको थियो ।

ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए । दमाईको खोजी भइरहेका एसपी तिम्सिनाले बताए ।

प्रकाशित : माघ २९, २०७५ १६:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT