१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३३ किलो सुनकाण्ड : उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश तानिए

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ । पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् ।

३३ किलो सुनकाण्ड : उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश तानिए

न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पुष्टि गर्दै अब अदालतमा ९ जनामात्र न्यायाधीश रहेको बताए । उनका अनुसार उच्च अदालतमा १२ न्यायाधीशको दरबन्दी छ ।


यसअघि सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जनालाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको थियो ।


काजमा तानिनेमा उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन् । उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो ।


यो पनि पढ्नुहोस्ः

सुनकाण्ड प्रकरण : उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

प्रकाशित : माघ २९, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?