१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

साढे दुई करोड धरौटीमा छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो ।

साढे दुई करोड धरौटीमा छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का

मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो । अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो ।


अख्तियारको आरोपपत्र अनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको भेटिएको थियो ।


पछिल्लो ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेका गोपालले त्यसअघि इन्जिनियरको सेवा सुरु गरेदेखि सडक विभागको सुपरिटेन्डेन्ट इन्जिनियर(उपसचिव स्तर)बाट अवकाश हुँदासम्म एक करोड २० लाख आर्जन गरेका थिए । उनी पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए भने त्यही समयमा जग्गा खरिद अनियमिततामा मुछिएका थिए ।


उनले करिब साढे ४० लाख रुपैयाँ तलब बुझेकोमा जग्गा विक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् भने घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन् । उनले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनको रूपमा व्याख्या गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

गोपाल खड्का : अनियमितताका पर्याय !

प्रकाशित : माघ २९, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?