सामाजिक सञ्जालमा कडाई गर्दै सरकार, जथाभावी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल सजायको प्रस्ताव

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ ।

फाइल तस्बिर


यस्तो कार्य गरेमा १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान राखिएको छ।

Citizen


सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्ष्ट्राग्राम आदि) मा बिक्री वितरण गर्न रोक लगाएको सामाग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्नसमेत रोक लगाएको छ। त्यस्तै मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, संघीय इकाईबीचको सम्बन्धन खलल पार्ने, जातीय, धार्मिक, साम्प्रदायिक र अन्य कुनै आधारमा घृणा हुने कुरा पनि सामाजिक सञ्जालमा राख्न नपाउने व्यवस्था गरेको छ।

जातीय भेदभाव वा छुवाछुत हुने, शान्ति सुरक्षा भंग हुने कुरा सामाजिक सञ्जालमा राखेपछि १५ लाख जरिवाना र जेल सजाय तोकिएको छ। यसबाहेक बिना तथ्य वा आधार कसैको चरित्र हत्या गर्ने उद्देश्यले गाली बेइज्जती गरे पनि यही कानुनअनुसार कारबाही गर्ने प्रस्ताव सरकारले अघि सारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसद्‌मा दर्ता गर्न ल्याएको यो विधेयकमा सूचना विभागमा दर्ता भएको सामाजिक सञ्जाल मात्रै नेपालमा सञ्चालन गर्न पाउने प्रावधान राखेको छ। ‘नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउन सक्नेछ,’विधेयकमा भनिएको छ।

विधेयकमा भएको व्यवस्थाको केही अंश :






प्रकाशित : फाल्गुन १, २०७५ १७:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गोदावरीमा प्याराग्लाइडिङको मज्जा

विद्या राई

ललितपुर — ललितपुरको गोदावरीमा प्याराग्लाडिङ सञ्चालनमा छ । २१ सय मिटरको उचाइमा रहेको चापाखर्कबाट टेक अफ भएर १५ सय मिटर उचाइको रचनाटारमा आएर ल्याण्ड हुन्छ ।

प्याराग्लाइडिङ पाइलटले सुरुमा सेफ्टी, टेक अफ, फ्लाई र ल्याण्डको बारेमा निर्देशन दिन्छन्। त्यसपछि टेक अफ हुन्छ। १५ देखि ३० मिनेटसम्म प्याराग्लाइडिङ आकाशमा उड्छ।

मौसम सफा भएको बेला चारैतिर हिमशृङंखला देख्न सकिन्छ। डाँडाकाँडा हरियाली वन र उपत्यकालाई छर्लंङ्ग देख्न सकिन्छ। साहसिक खेल मानिने प्याराग्लाइडिङले रमाइलो मात्रै नभएर साहस पनि थप्ने अनुभवीहरुको भनाइ छ।

काठमाडौं प्याराग्लाइडिङ कम्पनीले सन् २००७ मा सुरुआत गरेको थियो। भूकम्पले गर्दा २०१५ मा बन्द भएपछि गत डिसेम्बरबाट पुन: सञ्चालनमा आएको सञ्चालक निरज पन्तले बताए।

प्रकाशित : फाल्गुन १, २०७५ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT