१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘प्रजिअ संघीय र प्रदेश दुवै सरकारप्रति जवाफदेही हुन्छ’

देवनारायण साह

मोरङ — गृहमन्त्री रामबहादुर थापाले प्रहरी ऐनमा प्रमुख जिल्ला अधिकारी संघीय र प्रदेश सरकारको समन्वयकारी भूमिकामा रहने गरी व्यवस्था गरेको बताएका छन् । ‘प्रमुख जिल्ला अधिकारी संघीय सरकारको प्रतिनिधि भएर प्रदेश सरकारसँग समन्वयकारी भूमिकामा रहन्छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी संघीय र प्रदेश दुवै सरकारप्रति जवाफदेही हुन्छ ।’

‘प्रजिअ संघीय र प्रदेश दुवै सरकारप्रति जवाफदेही हुन्छ’

प्रहरी ऐनमा त्रुटी भए सांसदहरुले त्यसलाई सच्याएर पास गर्ने उनको भनाइ थियो ।

‘सरकारको एक वर्ष मुलुकको विकास र समृद्धिका लागि ढाँचा निर्माण गरेर अघि बढाउने काम गरेको छ,’ उनले भने, ‘आउँदो वर्षमा सरकारले मुलुकको समृद्धि र विकासका लागि शान्ति, सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ ।’


सरकारले संघीयता सफल पार्नका लागि कानुन निर्माण लगायतको प्रक्रिया अघि बढाएको थापाको भनाइ थियो । ‘संघीयता सफल पार्नका लागि संसदले कानुन निर्माण गर्छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनका लागि त्यसको भावना अनुकुल कानुन निर्माण गर्ने दायित्व संसदको हो ।’

सुन तस्करीको विषयमा गृह मन्त्रालयले आफ्ना दायित्व पूरा गरिसकेको र त्यसलाई अदालतले अन्तिम रुप दिन बाँकी रहेको बताए । ‘गृह मन्त्रालयले सुन तस्करीका फरार अभियुक्तलाई पक्राउ गर्न र अन्य पाटोको छानबिनको काम अघि बढाइरहेको छ,’ उनले भने, ‘अब अदालतले सुन तस्करीको विषयलाई अन्तिम रुप दिन्छ ।’


अदालतले सुन तस्करीमा पत्राउ परेका बहालबाला एसएसपी दिवेश लोहनीलाई काम खटाउन दिएको आदेश गृह मन्त्रालयले कार्यान्वयन गरेको उनले बताए । लोहनीले सुन तस्करीसम्बन्धी प्रमाण नष्ट र त्यसमा प्रभाव पार्न सक्ने सवाल भए पनि अदालतको आदेश कार्यान्वयनको विकल्प गृह मन्त्रालयसँग नभएको उनले सुनाए ।


यस्तै उनले फागुन महिनाभित्रमा पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंगो लग्ने समेत बताएका छन् । विराटनगरमा बिहिबार पत्रकारसँगको कुराकानीमा उनले एकता प्रक्रियाका लागि अधिकांश निर्णयहरु भइसकेकोले यो महिनाभित्र सम्पूर्ण प्रक्रिया टुंग्याएर पार्टी एक ढिका भएर अघि बढ्ने बताएका हुन् ।


प्रकाशित : फाल्गुन २, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?