१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पश्चिम वायुको प्रभावले पुन: बिग्रियो मौसम, शनिबारसम्मै देशका विभिन्न भागमा वर्षा र हिमपात

अब्दुल्लाह मियाँ

काठमाडौँ — पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएको छ ।

पश्चिम वायुको प्रभावले पुन: बिग्रियो मौसम, शनिबारसम्मै देशका विभिन्न भागमा वर्षा र हिमपात

महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन् । उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै वर्षा सुरु हुने बताइन् ।


बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो । महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ ।


पूर्व र मध्य नेपालमा भने पश्चिमको तुलनामा कम वर्षा हुनेछ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना छ । बिहीबार राति पश्चिमी र मध्य भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको सूचना महाशाखाले सम्प्रेषण गरेको छ । पूर्वी पहाडी भागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।


शुक्रबार दिउँसो देशको अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भागका केहि स्थानहरूमा क्षणिक वर्षा हुने बासीले बताइन् । शुक्रबार राति मध्य र पूर्वका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


शनिबार पनि देशको अधिकांश भागमा सामान्य बदली रही देशैभर हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् बासीले आइतबारदेखि भने मौसम सफा हुने जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन २, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?