अख्तियार आयुक्त पाठकलाई महाअभियोग तयारी 

दुर्गा खनाल

काठमाडौँ — सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

अख्तियार आयुक्त पाठकलाई महाअभियोग तयारी 

पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अब अन्य विषय अघि बढ्ने उल्लेख गरे ।

– अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा


उनले भनेको अन्य विषय भनेको महाअभियोगको बाटो हो । यो बीचमै पाठकले राजिनामा दिन सक्ने सम्भावना पनि छ । यदी राजिनामा नदिए शुक्रबारसम्म संसदमा अभियोग दर्ता गर्ने गरी नेकपाका नेताहरुले हस्ताक्षर संकलनमा लागेका छन् ।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री समक्ष पुगेको थियो । झण्डै एक महिना अघि नै यो बिषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने अनुसन्धान गरिरहेका थिए ।

बुधबार उक्त विषयमा कान्तिपुर लगायतका सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि नेकपा तत्काल महाअभियोग अघि बढाउने तयारीमा लागेको हो । बुधबार बिहान बालुवाटारमा बैठक नेकपा नेताहरुको बैठक बसेको थियो ।


प्रकाशित : फाल्गुन २, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?