३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कञ्चनपुरमा अवैध १८ किलो सुन बरामद, एक स्थानीय नियन्त्रणमा

भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुरको पुनर्बास नगरपालिका-२ दशरथ बस्तीबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार बिहान १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

कञ्चनपुरमा अवैध १८ किलो सुन बरामद, एक स्थानीय नियन्त्रणमा

पुनर्बास नगरपालिका २ दशरथ बस्तीमा एक स्थानीयको घरमा लुकाइराखेको अवस्थामा १ सय ८ टुक्रा (बिस्कुट) सुन बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदीप गिरीले बताए । सुनसँगै एकजना स्थानीय पनि पक्राउ परेका छन् ।

सुन तस्करीमा अन्यको पनि संलग्नता हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । भारतबाट नेपालतर्फ तस्करी भइरहेको सूचनाका आधारमा सिआईबीले उक्त सुन बरामद गरेको हो ।

प्रकाशित : फाल्गुन २, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?