१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रगति सुन्न नसक्नेहरुबाट आलोचना : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रगति सुन्न नचाहनेहरुले आलोचना गरेको बताएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा दिएको मन्तव्यको क्रममा उनले तथ्यांकलाई 'मिथ्यांक' भन्दै सरकारको आलोचना गरिएको बताए ।  

प्रगति सुन्न नसक्नेहरुबाट आलोचना : प्रधानमन्त्री

केही समयअघि प्रधानमन्त्री ओलीले संसदमा दिएको मन्तव्यका क्रममा प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसमा उल्लेख गरिएको केही तथ्यांकको सार्वजनिक रुपमा आलोचना भएको थियो ।


'प्रधानमन्त्रीले तथ्यांक भुल्ने? मिथ्यांक प्रस्तुत गर्ने भन्दै घोचपेच सुन्नु पर्यो' उनले भने, 'समस्या कहाँ छ भन्ने मलाई थाहा छ ।'


कतिपय मानिस नेपाली जनतालाई ब्रिग्रेको र समस्याग्रस्त कुराहरु मात्र सुनाउन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई किन प्रगतिका कुरा नसुनाउने भनेर भएका तथ्यांकहरु उल्लेख गरेको बताए ।


पानी जहाज कार्यालय रमाइलोका लागि होइन


प्रधानमन्त्री ओलीले बिहानमात्रै पानी जहाज कार्यालय उद्घाटन गरेको उल्लेख गर्दै त्यो रमाइलोको लागि नभएको बताए । 'रमाइलाका लागि होइन, पानी जहाज चलाउनकै लागि उद्घाटन गरिएको हो' उनले भने ।


उनले केहीले 'अड्डा त खुल्यो, टिकाट काट्न आउँ' भन्दै मजाक गर्ने उल्लेख गर्दै भने, 'अवश्य पाइन्छ । तर केही पछि । यो टिकट काट्ने ठाउँ होइन, टिकट काट्ने बेला सबैलाई बोलाउने छौं ।'

प्रकाशित : फाल्गुन २, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?