अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित

दुर्गा खनाल

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन् । उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै घुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।


यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा


नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए ।


आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो । उनको राजीनामा दिएसंगै महाअभियोग प्रकृयालाई स्थागित गरिएको छ ।


शुक्रबार प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप


प्रकाशित : फाल्गुन ३, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?