कान्तिपुरको २६ औं वार्षिकोत्सव : ५८ जनाद्वारा रक्तदान

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सको २६ औं वार्षिकोत्सव अवसरमा शुक्रबार ४० जनाले रक्तदान गरेका छन् । पब्लिकेसन्सको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क परिसरमा भएको रक्तदानमा पब्लिकेसन्सका २४, कान्तिपुर एफएमका ६, कान्तिपुर विराटनगर कार्यालयमा १८ र आगन्तुक १० जना सहभागी थिए ।

कान्तिपुरको २६ औं वार्षिकोत्सव : ५८ जनाद्वारा रक्तदान

पब्लिकेसन्सबाट रक्तदान गर्नेमा महेन्द्र खत्री, रोशन गुरागाईं, मेनुका जोशी, राधिका अधिकारी, सरु महर्जन, ध्रुव तुलाधर, नवीना महर्जन, धीरेन्द्रकुमार साह, राजकुमार रिजाल, अनन्तरञ्जन साह, सञ्जीव फुयाल, अनुप ओझा, दीपक दाहाल, प्रकाश खत्री, रेखा कार्की, विवेक राजथला, अर्जुन पाठक, हरि बस्नेत, प्रीति श्रेष्ठ, महेन्द्र खडका, वर्षा थापा, सिर्जना दुवाल, प्रदीप खतिवडा र दीपबहादुर खत्री छन् ।


यस्तै कान्तिपुर एफएमबाट प्रिन्स गौतम, परमानन्द खनाल, सलिम डंगोल, दिलबहादुर मगर, विजय लिम्बू लावती र सन्ध्या श्रेष्ठ तथा आगन्तुकहरू सोयल राई, दामोदर भण्डारी, सीताराम वाग्ले, ऋषिकेश सिलवाल, आइसा लामा, हेमबहादुर खत्री, टीना सुवाल, अभिषेक श्रेष्ठ, सल्मा श्रेष्ठ र आराधना श्रेष्ठले रक्तदान गरेका थिए ।


विराटनगरमा १८ जना

पब्लिकेसन्सको प्रदेश १ कार्यालय परिसरमा शुक्रबार रक्तदान तथा आँखा, कान शिविर पनि सञ्चालन गरियो । रेडक्रस शाखा कार्यालय विराटनगर तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ८० जनाको आँखा तथा ३५ को कान जाँच गरियो । तीन जनामा मोतियाबिन्दु भेटिएको छ । कार्यक्रममा १८ जनाले रक्तदान गरे ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?