कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारले नियमन गर्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी ब्याच बढाउने कार्य उपयुक्त नभएको बताए ।

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारले नियमन गर्छ : प्रधानमन्त्री

'बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफूखुसी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन' प्रधानमन्त्री ओलीले भने, 'यसमा सरकारले नियमन गर्छ ।' प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशनसमेत दिए ।


ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरे । 'लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस' प्रधानमन्त्री ओलीले भने, 'सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस् । बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस् । ब्याज बढी गर्नुहोस् ।'


महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो । प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने, खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।


सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


प्रधानमन्त्रीसँगको छलफल क्रममा अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चीरञ्जीवी नेपाल, उद्योग वाणिज्य महास‌ंघका प्रतिनिधिहरु सहभागी थिए ।

तस्बिर सौजन्य : प्रधानमन्त्री केपी ओलीको सचिवालय ।

प्रकाशित : फाल्गुन ४, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?