३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सल्यानटारलाई नमुना सहर बनाउँछौं : दाहाल

कान्तिपुर संवाददाता

धादिङ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई नमुना सहरको रुपमा विकास गरिने बताएका छन् । विगत ४३ वर्षपछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोट आएका अध्यक्ष दाहालले नमुना सहरको रुपमा सल्यानटारलाई विकास गर्न केन्द्रीय रुपमा नै डिपीआर सुरु गरिएको बताए ।

सल्यानटारलाई नमुना सहर बनाउँछौं : दाहाल

सल्यानकोटस्थित कार्कीगाउँ माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा नवनिर्मित ८ कोठे भवन उद्घाटन गर्न आएका दाहालले बुढीगण्डकी जलविद्युत् परियोजनाको काम धेरै अगाडि बढिसकेको बताउँदै खहरे, आरुघाट र आरखेत बजारको मुआब्जा अब छिट्टै निर्धारण गरिने समेत बताए । विद्यालय उद्घाटन गर्न हेलिकप्टरमा आएर कार्यक्रममा दुई घण्टा बिताएका थिए ।




प्रकाशित : फाल्गुन ४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?