कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्रीय समितिलाई महाधिवेशनको म्याद थप्ने नैतिकता छैन : पौडेल

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औं महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् । तनहुँका पत्रकारसँग आइतबार दमौलीमा कुराकानी गर्दै नेता पौडेलले महाधिवेशन समयमा हुनुपर्ने जोड दिए ।

केन्द्रीय समितिलाई महाधिवेशनको म्याद थप्ने नैतिकता छैन : पौडेल

‘महाधिवेशन समयमा हुनु आवश्यक छ । म्याद थप्नु हुन्न,’ उनले भने, ‘म्याद थप गरे त्यसमा म सहमत छैन ।’ केन्द्रीय समितिलाई महाधिवेशनको म्याद थप्ने नैतिकता नभएको उनले जिकिर गरे ।


कांग्रेसले संसदमा प्रभावकारी भुमिका खेल्न नसकेको बताउँदै उनले आफू संसदीय दलको नेता हुँदा संसदमा उठाएको बिषयवस्तुले पुष्पकमल दाहालले राजीनामा दिन बाध्य भएको बताए ।


कांग्रेस संसदीय दलका नेता देउवाले संसदमा बिषयवस्तुमा उठान गरे पनि परिणाममा पुर्‍याउन नसकेको नेता पौडेलको आरोप छ । उनले भष्ट्राचारको विरुद्धमा पार्टी सदन देखि सडकसम्म दरो रुपमा उभिनुपर्ने बताए ।


‘मुलुकमा बलात्कार, हत्याहिंसा र संस्थागत रुपमा भष्ट्राचार बढेको छ । सरकारले भष्ट्राचारलाई निरुत्साहित गर्नुपर्नेमा झन् प्रोत्साहित गरेको छ । भष्ट्रचारको जगमा अडिएको सरकारले मुलुकको विकास र समृद्धि कसरी गर्न सक्छ,’ नेता पौडेलले सरकारसँग प्रश्न गरे ।


केन्द्रदेखि जिल्लासम्म तपाई घेराबन्दीमा परेको हो भन्ने पत्रकारको जिज्ञासामा उनले विपी कोइराला र कृष्णप्रसाद भट्टराई पनि पार्टीको घेराबन्दीले परेको स्मरण गराएका थिए । आफूमाथि जति घेराबन्दी गरे पनि राष्ट्रियता, प्रजातन्त्रका र समाजवादविरुद्ध कसैसँग सम्झौता नगर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?