१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारी चिकित्सकले शुक्रबार मुलुकभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

अतुल मिश्र

काठमाडौँ — मुलुकभरका सरकारी चिकित्सकहरूले शुक्रबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिस्कार घोषणा गरेका छन् । चरणबद्ध आन्दोलनमा ओर्लेको सरकारी चिकित्सक संघले आइतबार पत्रकार सम्मेलन गर्दै शुक्रबार एक दिने अवज्ञा आन्दोलन गर्ने जानकारी दिएको हो ।

सरकारी चिकित्सकले शुक्रबार मुलुकभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

यस्तै बुधबार मुलुकभरीका सरकारी चिकित्सकहरू सामूहिक बिदामा बस्ने निर्णय गरेका छन् । उनीहरूले सामूहिक राजीनामा दिने प्रक्रियासमेत थालेका छन् । यसको लागि सोमबारदेखि मुलुकभरीका ११ देखि ८औँ तहसम्मका सरकारी चिकित्सक्ले स्वेछिक सामूहिक राजीनामाको लागि हस्ताक्षर संकलन अभियान सुरू गर्ने जनाइएको छ ।


सरकारी चिकित्सकहरू हालै सरकारसँग भएको ८ बुँदे लिखित सहमति कार्यान्वयन नभएको विरोधमा पुन: आन्दोलनमा ओर्लेका हुन् । आफूहरूको मागप्रति सरकारले पटक पटक मौखिक र लिखित सहमति गरे पनि ठोस कार्यान्वयन नगर्दा शान्तिपूर्ण आन्दोलन रोज्न बाध्य भएको संघले जनाएको छ ।


संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेका अनुसार समायोजन ऐनलाई मिचेर सहसचिवस्तरका ११औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी समायोजन, संघसँग भएको सम्झौताविपरीत ८ देखि १०औँ तहका चिकित्सकलाई प्रदेश तथा गाउँपालिकामै स्थायी रूपले सीमित पार्ने अव्यवहारिक समायोजन प्रक्रिया र समायोजनका नाममा चिकित्सकलाई विशेषज्ञता तथा अतिविशेषज्ञता हासिल गर्नबाट बन्देज लगाउने काम भएको छ।


चिकित्सकहरूलाई कमजोर उपस्थिति गराउने मात्र नभई समानस्तरका अन्य सेवाका कर्मचारीबराबरको सामान्य मर्यादा र सुविधा दिन समेत सरकार चुकेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?