कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घूससहित तीन पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार कञ्चनपुर बेलौरी नगरपालिकाका इन्जिनियर हृदयराज बजगाईंलाई ६० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।

घूससहित तीन पक्राउ

बेलौरी नगरपालिकामा कलभर्ट निर्माण सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फरफारक गर्ने क्रममा लिएको घूससहित बजगाईंलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई समेत आइतबार नै घूससहित पक्राउ गरेको छ । मोही जग्गाको बाँडफाँट गरी स्रेस्ता कायम गराइदिन लिएको घूससहित शर्मा र साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?