१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घूससहित नगरपालिकाका इन्जिनियर पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियारले आइतबार कञ्चनपुर बेलौरी नगरपालिकाका इन्जिनियर हृदयराज बजगाईंलाई ६० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

बेलौरी नगरपालिकामा कलभर्ट निर्माण सकिएको ठेक्काको अन्तिम बिल फरफारक गर्ने क्रममा लिएको घूससहित उनलाई पक्राउ गरिएको हो । अख्तियारले जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई समेत आइतबार नै मोही जग्गाको बाँडफाँट गरी स्रेस्ता कायम गराइदिन लिएको घूससहित पक्राउ गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?