कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहसचिव समायोजन आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन् । सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन गरिएको छ ।

५६ सचिव (विशिष्ट श्रेणी) ले माघमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?