कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको उजुरी २१ वटा छन् ।

अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २९ वटा उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको ५, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी/लेनदेनको दुई उजुरी दर्ता भएका छन् । यस अवधिमा १८ वटा मुद्दा किनारा लगाइएको छ । दुई उजुरी अदालतमा पठाएको, एउटा कार्यार्थ मालपोत कार्यालयलाई पत्राचार गरिएको, तीन उजुरी मुलतवीमा राखिएको र बाँकी ६ उजुरी प्रक्रियामा नै रहेको डंगोलले बताइन् ।


व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर/जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी/लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।


आर्थिक वर्ष २०७५/७६ मा १३ वटा उजुरी दर्ता भएकामा ५ घर/जग्गा विवादसम्बन्धी उजुरी परेको छ । त्यस्तै तीन पारिवारिक विवादका उजुरी दर्ता भएका छन् । सम्बन्धविच्छेदका दुई उजुरी परेका छन् भने एउटा घर निर्माण विवाद र बाँकी एउटा ठगी /लेनदेनसम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका छन् ।


नगरपालिकामा आउने उजुरी सबै लिखित रूपमा आउने गरेका छन् । उपप्रमुख डंगोलको संयोजकत्वमा रहेको समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?