२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भाषाशास्त्री पोख्रेल अस्पताल भर्ना

कान्तिपुर संवाददाता

विराटनगर — भाषाशास्त्री बालकृष्ण पोख्रेललाई स्थानीय श्री हस्पिटलको आईसीयूमा भर्ना गरिएको छ । स्पार्क अस्पतालमा फिजियोथेरापी गराइरहेका बेला शनिबार अचानक ‘पल्स’ घटेपछि उनलाई आईसीयू पुर्‍याइएको हो ।

उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार आए पनि उमेर र स्वास्थ्यका कारण खतरामुक्त नरहेको डा. ओकार अहमदले बताए ।


‘स्वास्थ्य अहिले स्टेबल छ,’ डा. अहमदले भने, ‘तर खतरामुक्तचाहिँ हुनुहुन्न ।’ पोख्रेललाई माघ ६ गते मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । छोरा मुनाल पोख्रेलका अनुसार मस्तिष्कघातका कारण शरीरको देब्रे पाटो चल्न छाडेपछि १० दिनदेखि विराटनगरको स्पार्क अस्पतालमा फिजियोथेरापी गराउँदै आएका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?