कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रियलको अप्रत्यासित हार

एएफपी

म्याड्रिड — सान्टियागो बेर्नाबेउमा रियल म्याड्रिडले आइतबार अग्रता जोगाउन नसक्दा जिरोनासँग २–१ को अप्रत्यासित हार बेहोरको छ । रियलले सम्भवत: ला लिगाको शीर्ष टोली बार्सिलोनालाई भेट्टाउने अवसर पनि गुमायो ।

जिरोना १३ खेलदेखि जितविहीन थियो । पहिलो हाफमा कासेमिरोले गोल गरेपछि जिरोना ला लिगामा लगातार सातौं हारतर्फ उन्मुख देखिएको थियो । तर सालिन खेल प्रदर्शन गरेको जिरोना दोस्रो हाफमा फर्कियो । क्रिस्टियन स्टुआनीको गोलबाट बराबरी गरेको जिरोनालाई पोर्टुले अग्रता दिलाए । ९० औं मिनेटमा कप्तान सर्जियो रामोस पनि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको रियलको बराबरी गर्ने प्रयास पनि असफल भयो ।


बार्सिलोनाले शनिबार संघर्षपूर्ण खेलमा रियल भालाडोलिडलाई १–० ले हराएको थियो । बार्सिलोनाले यसै महिनाको अन्तिममा बेर्नाबेउ भ्रमण गर्नेछ । अब एल क्लासिको बार्सिलोनाका लागि केही सहज हुनेछ । किनभने रियल म्याड्रिडसँग उसको अग्रता ९ अंकमा छ । एट्लेटिको दोस्रो स्थानमा फर्किएको छ । टोली बार्सिलोनाभन्दा ७ अंकले पछि छ । लिगमा २४ खेलबाट बार्सिलोनाको ५४, एट्लेटिको म्याड्रिडको ४७ र रियल म्याड्रिडको ४५ अंक छ ।


रियल म्याड्रिडलाई उसकै मैदानमा पहिलोपल्ट पराजित गरेपछि जिरोनाले भव्य खुसीयाली मनायो । नोभेम्बरपछि पहिलो जित पाएको जिरोना रेलिगेसन क्षेत्रभन्दा ४ अंक माथि पुगेको छ ।


यसै साताको मध्यमा अयाक्सलाई पराजित गरेपछि प्रशिक्षक सान्टियागो सोलारीले टिममा व्यापक परिवर्तन गरे । यसै कारण उनीमाथि आलोचना पनि भइरहेको छ । सुपर स्टार लुका मोड्रिच एक खेलको प्रतिबन्धमा थिए भने भिनिसियस जुनियर र गारेथ बेल सुरुमै बेन्चमा थिए ।


२५ औं मिनेटमा कासेमिरोको गोलमार्फत म्याड्रिडले स्वाभाविक अग्रता बनायो । टोनी क्रुजको प्रहार जिरोनाका गोलरक्षक बोनोले पन्च गरेका थिए र त्यसैलाई कासेमिरोले सदुपयोग गरे । अग्रतापछि म्याड्रिड आरामदायी देखियो । जसको सजाँय उसले १ घण्टाको खेलपछि नै पायो । क्रिस्टियन स्टुआनीको हेडर पोलमा लागेर फर्किएपछि डग्लस लुइजको रिबाउन्ड प्रहार म्याड्रिडका कप्तान सर्जियो रामोसले हातले रोकिदिए । उनलाई त्यति बेलै रातो कार्ड हुनसक्थ्यो । तर उनी पछि गोललाइनमा पनि म्याड्रिडका दुई खेलाडी थिए । ६५ औं मिनेटको पेनाल्टीमा स्टुआनीले कुनै गल्ती गरेनन् ।


त्यसको १० मिनेटपछि सानदार गोलमार्फत जिरोनाले खेलमा अप्रत्यासित अग्रता लियो । एन्टोनी लुजानेको सशक्त प्रहार म्याड्रिडका गोलरक्षक थियावट कोर्टवाले पन्च गरेर बचाए । तर रिबाउन्ड बलमा पोर्टुले उत्कृष्ट गोल गरे ।



प्रकाशित : फाल्गुन ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?