कान्तिपुर कन्क्लेभ : विदेशमा सिकौं, नेपालमा अभ्यासमा गरौं

‘नेपाल फर्केर के पाइन्छ ?’ 
होम कार्की

काठमाडौँ — कान्तिपुर कन्क्लेभको दोश्रो दिन ‘नेपाल फर्केर के पाइन्छ ?’ भन्ने बहसमा सहभागीहरुले स्थिर सरकार बनेकोले मुलुकमै स्वतन्त्र ढंगले विदेशमा सिकेको सीपलाई प्रयोग गरी उद्यमशिल बन्ने बाटो खुलेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभ : विदेशमा सिकौं, नेपालमा अभ्यासमा गरौं

काठमाडौं पोष्टका समाचार प्रमुख सञ्जिव सतगैंयासँग इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरनिको पाण्डे, कुवेतस्थित सिटी बैंकका उपाध्यक्ष प्रदिप पौडेल, क्याटलिष्ट टेक्नोलोजीकी प्रमुख कार्यकारी अधिकृत प्रतिभा पाण्डेले विदेशमा रहँदा र नेपाल फर्केपछिका अवसरबारे आफ्ना अनुभवहरु साटेका थिए ।

१९ वर्ष अमेरिकामा बिताएका इसिमोडका पाण्डेले हिलोमा अगाडि बढ्दा थप रमाइलो हुने बताए । ‘नेपालमा फर्केर वायु प्रदुषणको चेतना विस्तार गर्न पाएँ । जायु प्रदुषणको मापन केन्द्र स्थापना गरें,’ उनले भने, ‘देशले मेरो लागि के गर्‍यो भन्दा पनि मैले देशको लागि के गर्न पाएँ भन्नु ठुलो विषय हो ।’

उनले बुढो भएर फर्किनुभन्दा बेलैमा फर्केर आफ्नो क्षमता अनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘उता भन्दा काम गर्न यता मजा आइरहेको छ,’ उनले भने, ‘एक चोटी सिक्नको लागि विदेश त जानुपर्छ । तर, पलायन हुनुभन्दा फर्केर आफ्नो विषयमा काम गर्नुपर्छ ।’

विदेशबाट फर्किने भन्ने विषय स्थायी सरकारले नीतिमाथि भर पर्ने कुवेत र दुबईमा ११ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरिरहेका पौडेलले बताए । स्वदेशमा फिर्न आफूले संघर्ष गरिरहेको उनको दाबी थियो । ‘विगतमा अस्थायी सरकार थियो । कसले के नीति लिने हो भन्नेमा समस्या थियो । अब स्थायी सरकार वनेको छ । केही न केही पक्कै राम्रो हुन्छ,’ उनले भने, ‘यसले आशा बढेको छ ।’

क्याटलिष्टका प्रमुख पाण्डेले आफ्नो पहिचान र स्वतन्त्रको लागि पढ्न अमेरिका गएको वताइन् । ‘अमेरिका गएको दिनदेखि नै मैले फर्किने योजना बनाएको थिएँ । त्यही अनुसार श्रीमानलाई रोजे । गाडी किनें । मेरो पढाईको मात्रै हिसाब गर्दा ७ करोड सकिएछ । त्यत्रो लागनी गरेर सिकेको सीपलाई मैले नेपालमै प्रयोग गर्न खोजिरहेको छु । त्यसमा काम गर्न सरकारले सहयोग गरी नै रहेको छ,’ उनले भनिन्, ‘विज्ञान र प्रविधिको माध्यमबाट स्थानीय श्रोत प्रयोग गरी मुलुकको बिकासमा योगदान दिइरहेको छु ।’

उनले आर्थिक श्रोत बलियो भएपछि फर्किंदा थप सहज हुने बताइन् । ‘खाडी र अमेरिका जाने बीच खासै फरक देख्दिन । सबैले आ–आफ्नो खालको भविष्य देख्ने हो । आर्थिक सुरक्षा खोज्ने हो,’ उनले भनिन्, ‘त्यतिकै फर्किंदा खै के गरिस् भन्ने प्रश्न पनि तेर्सिन्छ । खुट्टा दरिलो बनाएर फर्किंदा सहज हुन्छ । ’


प्रकाशित : फाल्गुन ६, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?