२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

शाखा अधिकृतद्वारा ३ करोड अकुत आर्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा अधिकृतद्वारा ३ करोड अकुत आर्जन

शाखा अधिृकत रिजालले सेवामा रहँदा पदीय दुरुपयोग गरी २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले रिजालकी श्रीमती स्वस्थानी रिजाललाई समेत प्रतिवादी बनाएको छ ।


यसैगरी अख्तियारले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतरालाई २ लाख ३१ हजार ७ सय १८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?