२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बारको नेतृत्वका लागि उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि सोमबार मनोनयन दर्ता भएको छ । सत्तारूढ नेकपा निकट कानुन व्यवसायी र प्रमुख प्रतिपक्षी कांग्रेसनिकट कानुन व्यवसायीले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।

नेकपा निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएसन (एनएलए) का तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रयाटिक लयर्स एसोसिएसन (डीएलए) का तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


महासचिवमा एनएलएबाट सुरेन्द्रबहादुर थापा र डीएलएबाट लीलामणि पौडेलले दाबी पेस गरेका छन् । नयाँ नेतृत्वका लागि आगामी चैत १६ मा चुनाव हुँदै छ । केन्द्रीय समितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक/एक जनासहित ८ जना उपाध्यक्ष तथा १४ सदस्यका लागि चुनाव हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७५ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?